अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन् । नामिबियासँग २ विकेटको हारपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दे उनले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार गरे ।
उनले दीपेन्द्रसिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए । उनले आगामी खेलका लागि सबै जना जित्नुपर्ने मनोबल लिएर बसेको पनि बताए ।

उनले भने ‘मेरो भूमिकाले एकदमै डिसअपोइन्टेड भयो, म जिम्मेवारी लिन्छु । म शून्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचे जस्तो सुरुवात भयो तर पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाइको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर क्लियारिटी छौँ । हामीले परिस्थितिलाई हेरिरहेका छौँ । आजको हारले गर्दा सबैजना मोटिभेटेड छन् । अन्तिम गेमलाई लिएर । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ ।’

नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग चार विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो । नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आइतबार खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर