नेपालले नामिबियालाई दियाे १ सय ६९ रनकाे लक्ष्य

काठमाडौं ।  आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नामिबियालाई नेपालले १ सय ६९ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुर मैदानमा भएकाे खेलमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायाे ।

नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दाेहाेराे अ‌ङ्कमा रन बनाउन सकेनन् । नामिबियाका बर्नाल्ड  स्काेल्ज्ड र जन निकाेल लेफ्टी इटाेनले चार विकेट लिएका छन् । यसअघि भएकाे खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएकाे थियाे भने नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर