दाङमा स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलित

काठमाडौं । दाङका स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानले मङ्गलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा उत्रिएका किसानहरूले मङ्गलवार घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गरेका छन् । आन्दोलनमा उत्रिएका किसानले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने समेत बताएका छन् । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ ।

मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै किसानहरूले अबको आन्दोलन निर्णायक भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए । स्वर्गद्वारी आश्रमअन्तर्गत जिल्लाका १२ मौजाका किसानहरू आन्दोलनमा सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर