क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी

काठमाडौं ।  क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २४१ रनको चुनौती नेपालले अन्तिम ओभरको पहिलो बलमा आठ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाल ‘ए’ का लागि कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ७४ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै बसिर अहमदले अविजित ५२ रन बनाए । उनले ७३ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन जोडेका थिए ।

यस्तै रासिद खानले ४७, अर्जुन कुमाले ४० र किरण ठगुन्नाले १३ रन बनाए । बलिङमा क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले दुई दुई तथा कप्तान सादबिन जफर र हर्ष ठेकरले एक एक विकेट लिए । यसअघि क्यानडाले ४९।५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । नेपालको जितमा कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए । कप्तान जोरखाले ७४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । अहमदले ७३ बलमा ५२ रन बनाए ।

क्यानडाका लागि श्रेयस मोम्भाले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ र डिलोन हेलिगरले १६ रन जोडेका थिए । बलिङमा नेपाल ‘ए’ का साहब आलम र रासिद खानले तीन–तीन विकेट लिए । शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमद एक एक विकेट लिए । तीन खेलको सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो । नेपालको आजको जितले सिरिजमा १–१ को बराबरी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर