एमबाप्पे रियल मड्रिड जाने पक्का

काठमाडौं ।  पेरिस सेन्ट जर्मेनका स्टार मिडफिल्डर केलियन एमबाप्पे रियल मड्रिड जाने पक्का भएको छ। युरो स्पोर्टस्का अनुसारले एमबाप्पेले आगामी ५ वर्षका लागि रियलसँग सम्झौता गरेका छन्। एमबाप्पेलाई भित्र्याउनका लागि म्यानचेस्टर सिटीले धेरै प्रयास गरे पनि रियलले राम्रो पैसा अफर गरेपछि उनले सम्झौता गरेका हुन्।

२५ वर्षीय एमबाप्पेले सन् २०२९ को समरसम्म रहनका लागि क्लबसँग यसअघि नै सम्झौता गरिसकेका थिए। एमबाप्पेलाई भित्र्याउनका लागि रियलले सुरुवातमा पीएसजीलाई १ सय ६० मिलियनको अफर गरेको थियो। तर दोस्रो पटक १ सय ८० मिलियनको अफर गरेको थियो। तर उनलाई क्लबमा ल्याउन रियलले कति खर्चियो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन।

सन् २०१८ मा मोनाको छाडेर पिएसजी पुगेका एमबाप्पेले यसअघि नैै क्लब छाड्न चाहेको बताएका थिए। पीएसजीका लागि उनले १ सय ६९ गोलमा १ सय ५६ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर