नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.७६ अंकले घटेर दुई हजार ३३ दशमलव ०६ विन्दुमा बन्द भएको हो । आज ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये ९० वटाको बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।   बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११,२६७.१० रुपैयाँ पुगेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूलय पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १७९८.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर