मंगलबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी ताेलाकाे १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर