एभर्टन र क्रिस्टल प्यालेसले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै एक/एक अंक बाँडेका हुन् । एभर्टनको मैदानमा क्रिस्टलले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रिस्टलले ६२ औँ मिनेटमा अग्रता बनाएको हो ।
उसका जोर्डन आइयूले जिन माटेटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ८४ औँ मिनेटमा ओमाडोउ ओनानाले डिवेट म्याकनेलको पासमा गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल ननिस्किएपछि एक/एक अंकमा चित्त बुझाए । बराबरीसँगै क्रिस्टल २५ खेलबाट २५ अंक बनाउँदै तालिकाको १५ औँ स्थानमा छ भने एभर्टन समान खेलबाट २० अंक जोड्दै १७ औँ स्थानमा रहेको छ । प्रिमियर लिगअन्तर्गत मंगलबार म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड आमनेसामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति सवा १ बजे सुरु हुनेछ ।