यात्रा अवरुद्ध पार्ने प्रयास, ओली भन्छन्, “प्रदेशको नाम कोशी नै ठीक छ”

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोशी’ नै ठीक भएको र यसले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको बताएका छन् । उनले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न जनताको मत जितेर दुई तिहाई पुर्‍याउन आन्दोलनकारीलाई चुनौती दिए ।

इलामको सदरमुकाममा बिहीबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकमा ओलीले प्रदेशको नामको विरोधमा भइरहेको आन्दोलन औचित्यपूर्ण नभएको बताए । उनले अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शन आतंककारी क्रियाकलाप, उद्दण्डता भइरहेको जनाए ।

रुख लडाएर बाटो अवरोध

मेची राजमार्गको इलाम नगरपालिका–१० गोदक खण्डमा रुख ढालेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाटो अवरुद्ध गरिएको छ । बिहीबार ओली सूर्योदय नगरपालिकाबाट इलाम बजारको कार्यक्रममा जाँदै गर्दा प्रदर्शनकारीहरुले मेची राजमार्गको इलाम नगरपालिका–१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन् । कोशी नामकरणको विषयलाइ लिएर आन्दोलन गर्दै सडक अवरोध गरेका हुन् ।

कालो झन्डा देखाउने पक्राउ

ओलीलाई कालोझण्डा देखाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई इलाम चोक बजारमा कालोझण्डा देखाउनेलाई प्रहरीले पक्रेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर