नेदरल्याण्डले जित्दा नेपाल अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको छ । नेदरल्याण्डले ७ विकेटले जित्दा नेपाल प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा अहिलेसम्म ३ खेल भएका छन् । यी खेलमा समान २ खेल खेलेका नेपाल, नेदरल्याण्ड र नामिबियाले एक खेल जित्दा अर्को खेल हारेका छन् । यससँगै तीनवटै टिमको अंक २ छ र नेपाल नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर