मन्त्री ज्वालाको सरकारी यात्रामा विराम लाग्ने

काठमाडौं । बालकुमारी घटनाका प्रमुख कारक भनी जाँचबुझ समितिले अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई प्रधानमन्त्रीले जुनसुकै बेला बर्खास्त गर्न सक्ने प्रबल सम्भावना बढेर गएको छ ।
प्रधानमन्त्रीको प्रत्यक्ष एक्सन पूर्व नेकपा एसले मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । नेकपा एसले मन्त्री ज्वालाको ठाउँमा अन्यलाई सिफरिस गर्ने तयारी गरिरहेको छ । मन्त्री ज्वालालाई बर्खास्त गर्न नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरुले दबाब दिएका छन् ।

हिजोको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगले दिएको प्रतिवेदन अध्यययन गरी दोषीलाई कारबाही गरिने बताएका थिए । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले प्रदर्शन र हुलहुज्जत भइरहेको ठाउँमा सुरक्षा व्यवस्थाको यकिन नगरी विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको भन्दै मन्त्री ज्वालालाई कारबाहीका लागि समेत सिफारिस गरिसकेको छ । बालकुमारीमा रहेको ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुईजना युवाको ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर