आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाडौंस्थित टुँडिखेलमा आज प्रजातन्त्र दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सामुदायिक संघसस्थाका व्यक्तित्वको उपस्थिति रहनेछ ।

वि.सं. २००७ मा जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइँदै आएको छ । त्यसैको सम्मान र सम्झनामा आज सरकारले प्रजातन्त्र दिवस मनाउँदै सार्वजनिक बिदा पनि दिएको छ । यो दिवस मनाउनका लागि सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समिति बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर