शेयर बजार २७ दशमलव २१ अङ्कले घट्याे

काठमाडौं ।  हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव २१ अङ्कले घटेर दुई हजार ३४ दशमलव ८२ अङ्कमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज साम्लिङ पावर कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । उच्च अङ्कले बजार घटकाे दिन आज एक करोड सात लाख कित्ता शेयर तीन अर्ब ७७ लाख रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर