नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो ।

जितका लागि दुई सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९।३ ओभरका ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रन बनाए ।

निखिल दत्तले अविजित ६७, कप्तान साद विन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रति बाज्वाले १० रन बनाए । नेपाल ‘ए’ का लागि साहब आलमले दुई विकेट लिए । रासिद खान, बसिर अहमद प्रतिशत जित र सागर ढकालले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो । नेपालका लागि बसिर अहमदले अविजित ५० रन बनाए । यस्तै रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन जोडेका थिए ।

बलिङमा क्यानडका कप्तान साद बिन जाफले तीन विकेट लिए । यस्तै ईश्वरजित सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिए । नेपाल ‘ए’ ले क्यानडासँग तीन खेलको सिरिज खेल्न लागेको हो । पहिलो जितसँगै क्यानलाले सिरिजका १–० को अग्रता लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर