महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित १५ जना कर्मचारी र तीन वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङले ११ हरोड, ९ लाख १७ हजार ४५८रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको आरोप छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेत मागदाबी लिइएको छ । उक्त निर्माण व्यवसायीलाई २०७० असार ३१ गते एक हजार १५ दिन भित्रमा बाँकी निर्माण सम्पन्न गर्ने गरी ७ अर्व ७२ करोड बराबरको सम्झौता भएकोमा ठेक्का सम्झौता भएको मितिमा निर्माण व्यवसायीले साइड छाडेर गएको अख्तियारले जनाएको छ । परामर्शदाता र सम्झौताका दुवै पक्ष मिलि भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर