नेवारहरू दिगु पूजा (देवाली) का दिन किन खाँदैनन् राँगा ?

काठमाडौं । मासुको परिकारको चर्चा गर्ने हो भने नेपालमा नेवारी समुदायलाई यदि कसैले छुटायो भने पनि त्यो व्यक्ति वा समुदाय मांशाहारी नै नमान्न अथवा अपूरो हुन सक्छ । नेवारी भोजको स्वाद र आनन्द लिएकाहरू भन्ने गर्छन्, “भोज होस् त नेवारहरूको जस्तो । मासुका परिकार खाँदाखाँदा थकाई नलागे मरिजाउँ ।”

नेवारी खानामा राँगोको मासुको दावीहीन अवस्थामा भन्नुपर्दा करिब ६२ प्रकारका परिकार बनाउने प्रचलन छ । त्यसमध्ये ड्याकुला, छुया ला, जँः ला, बुः ला, चुँ ला, कःचिला, सन्या खुना, सियागु लालगायतका परिकार नेवार त के गैरनेवारी जातिमा पनि प्रख्यात रहेको छ । राँगोको मासुविना नेवारी खाना पूर्ण हुँदैन । पूर्ण पनि किन होस् मासु जो हो त्योे पनि राँगो । केही मासुका पारखीहरू भन्छन्, “साँच्चिकै मःमः खाने हो भने बफ मःमःको जस्तो मिठो र स्वादिलो अरू कुनै मः मः छैन ।”

राँगोको मासुको नेपालमा प्रशस्त बजार रहेको छ । विशेषगरी बडादशैं र चाडबाडमा राँगाको मासुको खपत बढ्ने गरेको छ । नेवारी पाकशाला संस्कृतिमा वर्षभरी राँगाको मासु पाक्छ, तर त्यही नेवारी भान्छामा वर्षको एक दिन राँगो मासु पाक्दैन् । यसोभन्दा जो कोहीलाई पत्याउन मुस्किल पर्ला । तर मुस्किल परे पनि स्थापित सत्य त्यही हो । वर्षको एक दिन देवाली पूजाको दिन नेवारहरू राँगो मासु त के उनीहरू स्पर्शसमेत गर्दैनन् राँगोलाई ।

धरतीपुत्र नेवारहरू आफ्ना पृथ्वी मातालाई कृतज्ञता प्रकट गर्न वर्षको एक दिन देवाली (दिगु पूजा) स्वरूप पूजाअर्चना गर्छन् ।
देवालीको दिनमा नेवारी संस्कृतिमा राँगाको बलि किन नचढाइएको हो त्यसको मासु किन वर्जित गरिएको भन्ने सम्बन्धमा लोक संस्कृतिविद् ओमभक्त धौभडेल भन्छन्, “नेवारहरूको दिगुपूजा (देवाली) प्रfचीनकादेखि चलिआएको हो । पहिले काठमाडौं उपत्यकामा राँगोरूपी जनावर नपाइने हुनाले त्यसको बलि चढाउने प्रथा नबसेको हो । पछि सिम्रौनगढ (तराई) बाट तुलजा भवानी काठमाडौं उपत्यका भित्रिएसँगै राँगा पनि भित्रिएको मानिन्छ । दिगुपूजामा कुखुराको बलि र मासु पनि खाइन्न । किनभने कुखुरा कुपंक्षीको श्रेणीमा पर्दछ । नेवार संस्कृतिमा राँगाको बलि र मासु धेरैपछिमात्र भित्रिएको हो ।”

नेवारी समुदायमा दिगुपूजा (देवाली) वैशाख शुक्ल पक्ष अक्षय तृतीयाका दिनदेखि कुमार षष्टी अर्थात् सिथिनःखका दिनसम्म मात्र आइतबार बिहीबारका दिन मनाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर