कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बन्यो

काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सफल बन्यो ।

कतारलाई अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने ।

कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर