तीनजना मन्त्रीलाई बर्खास्त गर्न नेकपा एमालेको माग

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ । ललितपुरको बालकुमारीमा गत पुस १३ गते भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानबिन आयोगले भनिसकेको अवस्थामा उनलाई मन्त्री पदमा राख्न नमिल्ने एमाले सचेतक महेश बर्तौलाले बताएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सचेतक बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरे । घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै उनले सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने तर्क गरे ।

यस्तै, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पनि अनुसन्धानमा सहयोग गर्न बर्खास्त गर्न माग गरे । उनले रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपञ्चमा लागेका पर्यटनमन्त्री सुदन किराँतीलाई पनि राजीनामा गर्न माग गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर