नेप्सेमा २.२७ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से २.२७ अंकले घटेर एक हजार ८ सय ८९ दशमलब ७३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ७३ करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमूल्य ५.८५ प्रतिशतले बढेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ५.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०५.६० पुगेको हो ।

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज तीन करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर