राजनीतिक विश्लेषण गर्न मोर्चाको बैठक बस्दै

काठमाडौं ।  समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने बैठकमा मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल, सरकारको कार्यको समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्थालगायतबारे छलफल हुने जनाइएको छ ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर