बार्सिलानाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई हरायो

काठमाडौं । रोबर्ट लेवनडोस्कीले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलमा बार्सिलानाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई शनिबार २–१ ले हराएको छ । पोलिस स्ट्राइकरले नै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर लागो एस्पासले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए । यो नतिजापछि बार्सिलोनाको २५ खेलबाट ५४ अंक भएको छ र तेस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने ५१ अंकमा चौथोमा छ । सले यसअघि लास पाल्मासमाथि ५–० को जित निकालेको थियो । अन्य खेलमा ओसासुनाले काडिजलाई २–० ले हरायो भने भ्यालेन्सिया र सेभियाबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।
प्रतिक्रिया