इरानमा आफ्नै परिवारका सदस्यले एकै परिवारका १२ जनाको हत्या

काठमाडौं ।  दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिवार बिहान एकजना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।

घटना स्थानीय समयअनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।  २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको  जनाकारीमा आएको छ ।  तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् ।

केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबालगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको बताएको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर