रौतहटमा पनि दुई पक्षबिच झडप, कर्फ्यु आदेश जारी

काठमाडौं । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार दुई पक्षबिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप हुँदा केही स्थानीय वासिन्दा घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको बताए । पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर