महोत्तरीमा दुईपक्षबिच झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । महोत्तरीको सीमावर्ती गाउँपालिका समसी–२ स्थित पर्सा गाउँमा शनिबार अपराह्न दुई पक्षबिच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । पर्सा गाउँमा शनिबारदेखि सुरु भएको महावीर झण्डा मेलाको कलश यात्राका क्रममा तनाव चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । झडपमा एक जना प्रहरी जवानसहित तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कलश यात्राका क्रममा डिजे बजाउने र बजाउन नदिने विषयमा विवाद भएको थियो । आक्रोशितत समूहले गाउँपालिकाका पूर्वअध्यक्ष सेख अनवारुल हकको ज ३ प ७९६ नम्बरको मोटरसाइकलमा आगजनी गरको प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य भएको र दुवै पक्षका प्रतिनिधिलाई छलफलका लागि जलेश्वरस्थित प्रशासन कार्यालयमा झिकाएको जिल्ला प्रहरीका डिएसपी तथा सूचना अधिकारी दीलिप गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर