धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना : २० यात्रु घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–बेनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी २० यात्रु घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बा ५ ख ५०७१ नम्वरको बस र विपरीत दिशाबाट आउँदै लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटना वेनीघाट रोराङ्ग गाउँपालिकास्थित मलेखु नजिकै भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाका गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौतर्फ पठाइएको धादिङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर