नेपाल मलेसियासँग चार विकेटले पराजित

काठमाडौं ।  एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ। जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो।

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन्। उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन्। तेस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन्।

नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई–दुई विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरले समान एक–एक विकेट लिए। त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो।

नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन्। सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन्। कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडिन् ।

मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्। आजै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ। यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन्। नेपाल भने प्रतियोगिताबाट बहिरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर