नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । मलेसियास्थित बायुएमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जोड्यो ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् । आजै सम्पन्न पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डलाई ४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर