सुनको भाउ ६ सय रुपैयाँले बढ्याे

काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर