पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यासको भाउ यथावत्

काठमाडौं ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले हिजो राति बिहीबार १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्य बढेको जानकारी दिएको छ । निगमका अनुसार एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।

बिहीबार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा एक रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्यसूचि पठाएकाले सोहीअनुसार यहाँको बिक्री मस्ल्य केही बढाएर समायोजन गरिएको निगमले जनाएको छ । यसअघि पनि निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा ग्यासको भाउ बढाएको थियो । निगमले स्वचालित प्रणाली अनुसार इन्धनको नयाँ मुल्य समायोजन गरिएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर