विदेशी मुद्रासहित दुई पाकिस्तानी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित  दुईजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुई पाकिस्तानी नागरिकलाई ९५ लाख ४३ हजार विदेशी  मुद्रासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ३१ वर्षीय येसीन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरू फ्लाई दुबई एअरलाइन्समार्फत् काठमाडौं उत्रिएका थिए । दुवैमाथि आगमन गेटमा शंका लागि जाँच गर्दा डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) भेटिएको थियो । हाल उनीहरूलाई प्रहरी वृत्त, गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर