२८ मिनेटसम्म मरेका व्यक्ति भन्छन्, “शरीरबाट आत्मा निक्लिँदो रहेछ”

सिडनी (अस्ट्रेलिया) । कहिलेकाँही मनको घोडा यति छिटो दौडन्छ कि हामी कहाँ पुग्छौं थाहापत्तो हुँदैन। धेरै पटक हामी यो सोच्न पनि थाल्छौं कि मरे पछि हाम्रो के हुन्छ, हामी कहाँ जान्छौं ? तर यी प्रश्नहरूको उत्तर पाउन सम्भव छैन।

यद्यपि वैज्ञानिकहरूको केही अनुसन्धानहरू छन्, तर पत्याउन गाह्रो छ। यद्यपि वैज्ञानिकहरूको केही अनुसन्धानहरू छन्, तर पत्याउन गाह्रो छ। वास्तवमा यसको उत्तर उसैले दिन सक्छ जो मरेपछि जीवित भएर मृत्युको समय भोगेको छ। संसारमा यस्ता धेरै मानिस छन् जो मरेपछि जिउँदै गए अनि आफूलाई के भयो भन्ने अनुभव पनि सुनाए । यस्तै एउटा घटना अस्ट्रेलियाबाट बाहिर आएको छ । यहाँ एक जनाको मृत्यु भयो तर २८ मिनेटपछि उनको मुटु फेरि धड्कन थाल्यो ।

अस्ट्रेलियाका ५७ वर्षीय फिल जेडिबेल मार्शल आर्ट ट्रेनर हुन् र उनी ट्याक्सी पनि चलाउँछन्। छोरासँग बास्केटबल खेल्दै गर्दा उनलाई अचानक हृदयघात भयो । उनको छोराले तुरुन्तै एम्बुलेन्स बोलाए र फिललाई अस्पताल लगियो। केही दिनपछि आँखा खोलेपछि उनलाई हृदयघात भएको दिन २८ मिनेटमै मृत्यु भएको बताइयो ।

उनको मुटुको धड्कन बन्द भएको थियो र पल्स पनि चल्न बन्द भयो । यसपछि फिलले भने कि जब उनलाई हृदयाघात भयो, तब उनलाई आत्मा शरीरबाट बाहिर निस्केको महसुस भयो र त्यहाँको आईसीयू कोठामा उड्न थाले । यस क्रममा उनले नर्सले आफ्नो शरीरलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको देखे, त्यसपछि के भयो उनलाई याद छैन।

फिल अहिले पूर्णरूपमा निको भइसकेका छन् र फेरि मार्सल आर्ट गर्न थालेका छन् । फिललाई गत वर्ष नोभेम्बरमा हृदयाघात भएको थियो तर उनी अहिले समाचारमा छन् किनभने एक व्यक्ति मृत्युको मुखबाट बाहिर निस्किए र उनले यो अनुभव पनि गरे। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर