युरोपेली च्याम्पियन्स लिग : पीएसजी र लाजियोको जित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजी र लाजियोले जित निकालेका छन् । केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडलाई २–० ले पराजित गर्यो । ब्राडली बारकोलाले दोस्रो गोल गरे । अर्को खेलमा लाजियोले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले हरायो । लाजियोको जितमा किरो इमोबाइलले पेनाल्टी मार्फत निर्णायक गोल गरे ।
प्रतिक्रिया