माओवादीको जारी विधान अधिवेशनमा ७ समूहबाट सुझाव संकलन गर्दै

काठमाडौं ।  नेपाल माओवादी केन्द्रको विधान अधिवेशन काठमाडौंमा जारी छ। मङ्गलबारदेखि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनको बैठक बिहीबार ११ बजे बस्नेछ। माओवादीको विधान अधिवेशनका क्रममा सुझाव संकलन गर्ने क्रम जारी छ। यसका लागि सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। २० समूहमध्ये बुधबार १३ समूहबाट सुझाव प्रस्तुत भएको थियो भने आज ७ समूहबाट सुझाव लिइनेछ।

विधान सम्मेलनमा बुधबार सहभागीहरुले प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्नेदेखि चुनाव चिह्न बदल्नेसम्मका सुझाव दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर