‘टाइटानिक’लाई उछिन्दै ‘कासाब्लान्का’ बन्यो सर्वकालीन रोमान्टिक फिल्म

काठमाडौं । भ्यालेन्टाइन्स डेको अवसरमा हलिउड म्यागजिन भेराइटीले ५० सर्वकालीन रोमान्टिक फिल्मको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा कुन फिल्म होला ? ‘टाइटानिक’ अनुमान गर्नुभएको छ भने त्यो सही होइन ।

सन् १९४२ को फिल्म ‘कासाब्लान्का’ सूचीको पहिलो स्थानमा छ । दोस्रो विश्वयुद्धको सेटिङमा बनाइएको यो फिल्मलाई माइकल कर्टिजले निर्देशन गरेका हुन् । हलिउड म्यागजिन भेराइटी लेख्छ, ‘कासाब्लान्काले तपाईंलाई प्रेममा कसरी पर्ने भनेर सिकाउँछ । यो फिल्ममा भन्दा अर्कोमा सम्बन्धको शुद्धता, विगतबाट प्रभावित, वर्तमानमा जीवित, परिस्थितिले तुल्याएको जटिलता अर्को फिल्ममा छैन ।’

कर्टिज निर्देशित उक्त फिल्मले प्रेमको परिभाषा बुझाउनेदेखि प्रेम महसुस गराउन सक्ने सामर्थ्य प्रदान गर्ने जनाइएको छ । सूचीको दोस्रो स्थानमा जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ छ । यो फिल्मबारे म्यागजिन लेख्छ, ‘टाइटानिक’ आफ्नो समयको सबैभन्दा ठूलो रोमान्टिक फिल्म र सबैभन्दा उदात्त पनि । क्यामरुनको ‘महासागर संकट’बारेको यो फिल्म दुर्लभ हलिउड ब्लकबस्टर हो, जसले जीवनको गुणस्तरबारे सम्झाउँछ ।

सूचीको तेस्रो स्थानमा ‘क्याच अफ थिप’, चौथोमा सन् २००१ को फिल्म ‘मौलिन रुज’, पाँचौंमा ‘अ स्टार इज बर्न’, छैटौंमा ‘ब्रिफ इनकाउन्टर’, सातौंमा ‘घोस्ट’, आठौंमा ‘ब्रोकब्याक माउन्टेन’, नवौंमा ‘द अम्ब्रेलाज अफ चेबर्ग’ र दशौंमा ‘द गोन विथ द वाइण्ड’ छ । वङ कार-वाईको चर्चित फिल्म ‘इन द मुड फर लभ’ १८ औं स्थानमा छ । सूचीमा लाला ल्याण्ड, कल मी बाइ योर नेम, पास्ट लाइभ्स लगायत पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर