मौसम : देशभर आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी आज बुधबार बिहानैदेखि देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम बदली भएको छ। आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना एकदमै कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर