अन्तिम १६ मा सिटी र रियलको विजयी सुरुवात

काठमाडौं ।  युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा साविक च्याम्पियन म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियाल म्याड्रिडले विजयी सुरुवात गरेका छन्। मंगलबार राति भएको खेलमा इंग्लिस क्लब सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै पहिलो लेगमै क्वाटरफाइनल सम्भावना बलियो बनायो।

खेलको दसौं मिनेटमा केभिन डि ब्रुएनाको गोलमा सिटीले अग्रता बनाएको थियो। तर पहिलो हाफमै म्याटसनको गोलमा कोपनहेगनले खेल १-१ को अवस्थामा ल्याएपनि बर्नान्डो सिल्भाले ४५ औं मिनेटमा अग्रता दोब्बर बनाए। टिमका लागि तेस्रो गोल फिल फोडेनको नाममा रह्यो। त्यस्तै अर्को खेलमा रियलले जर्मन बुन्डेसलिगा क्लब आरबी लाईपजिकविरुद्ध १-० ले विजयी भयो। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्दा गोलरहित बराबरीमा टुंगिएको थियो ।

रेडबुल एरिनामा दोस्रो हाफको सुरुमै रियालले अग्रता बनायो। ब्राहिम डिआजले उत्कृष्ट हेडर गोल गरेका हुन्। योजितसँगै रियालले अर्को खेल घरेलु मैदानमा खेल्ने छ। दोस्रो लेग बर्नाबेउमा ६ मार्चमा हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर