दुर्गा प्रसाँईको चर्चित आन्दोलन भृकुटीमण्डपमा समाहित ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले मंगलबार संघीय राजधानीको भृकृटीमण्डपमा आफ्नो वार्षिकोत्सव मनाएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालको वार्षिकोत्सवका समर्थकहरूको परिकल्पनामा काठमाडौं जिल्ला प्रशासनको त्यो अल्पकालीन अनुमति प्राप्त क्षेत्र भृकुटीमण्डप मानौ कि मुक्ति क्षेत्रझैं थियो । समर्थकहरू यति उत्साहित थिए कि उनीहरूको गुप्त उद्देश्य ? सूर्योदयपछि पूरा हुनेवाला छन्। समर्थकहरूलाई यस्तो भान पनि किन नपरोस् उनका तथाकथित मुक्तिदाता नेता दुर्गाको आगमनको शैली र साजसज्जा हेर्दा कुनै रजत पर्दाका महानायक जस्तै झझल्को र अनुभूति दिने त्यहाँ उपस्थित जो कोहीलाई पनि हुन्थ्यो । कार्यक्रमअघि निकालेको जुलुसमा तराई–मधेससहित देशका विभिन्न जिल्लाबाट आएका महिलासहितको झाँकीको उपस्थितिले साधारण जनमानसलाई पक्कै पनि आकर्षण गरेको थियो भने रजत पर्दामा अन्यायको अन्त्यका लागि प्रकट हुने सुपर हिरोझैँ भृकुटीमण्डपमा पूर्ण विलाशी गाडी चढेर आएका दुर्गाको पदार्पण एक क्षणका लागि मानौ काल विश्लेषकहरूका लागि इतिहासको प्रथम खण्ड थियो ।
विशेष सुरक्षा दस्ताले घेरेर भृकुटीमण्डप ल्याइपुर्‍याइएका दुर्गा दुबोको मालाले सजिएका थिए। भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने अभिलाषा पालेका प्रसाईंको योजनामाथि अघिल्लो दिन नै तुषारापात परेको थियो । जुन दिन पूर्वराजा ज्ञानेन्द्र आफ्नै अविचलित मौलिक सिद्धान्तअनुसार चितवन हिँडेका थिए । दुर्गाले शाहलाई भेटेर फागुन १ को निम्तो दिएता पनि दुर्गाको आमन्त्रणलाई पूर्वराजा शाहले पूर्ण वा खण्ड बेवास्ता गरेको राजनीतिक वृत्तमा चर्चा छ। यो चर्चाको न शाहले  न दुर्गाले खण्डन नै गरेको छ । रजत पर्दाका भद्र पुरुषभन्दा न कम न बढी मस्त सजिसजाऊमा आएका प्रसाईंले आफ्नै लाखौं लगानीमा तयार पारिएको स्टेजमा जिन्दावादको नारासहित आफ्नो थेगो (कुरा बुझ्नुभो नि) सहित भाषण दिए ।  उनको भाषणसँगसँगै तालीको गड्गडाहट हुनु त स्वाभाविक थियो नै। उनले मिटरब्याजीदेखि, बैंकहरूको ऋणसहित मिनाहाबारे दरो भाषण दिए। यो भाषणसँगसँगै दुर्गा प्रसाँईको बहुचर्चित फागुन १ गतेको आन्दोलनले बिदा मागेको छ । आगामी दिनमा दुर्गाले कुन विषयमा कुन किसिमको चर्चाको व्युत्पन्न गर्ने हो भनी नेपाली राजनीतिका खुँखार खेलाडीहरू रणनीति बुन्दै बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर