एसीसी महिला प्रिमियर कप : नेपाल क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । नेपाली महिला टोली एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपाल समूह विजेता भएर क्वाटरफाइनल प्रवेश गरेको हो ।

अब नेपालले भोलि क्वाटरफाइनलमा कुवेतसँग खेल्नेछ । क्वाटरफाइनल जितेको खण्डमा नेपालले शुक्रबार बायोमास ओभलमा हुने सेमिफाइनल खेल्नेछ । सेमिफाइनल पनि जितेर फाइनल पुग्न सकेमा नेपाल यही वर्ष हुने एसिया कपमा छनोट हुनेछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ५९ बलमा नटआउट ११८ रन बनाइन् । उनले १० चौका र ५ छक्का प्रहार गरिन् । यस्तै पूजा महतो ५९ रनको स्कोरमा नटआउट रहिन् । सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाइन् । माल्दिभ्सका लागि शम्मा अलीले ३ विकेट र नब्बा नसीमले १ विकेट लिइन् ।

जवाफी ब्याटिङमा आएको माल्दिभ्स १३।५ ओभरमा १३ रनको स्कोरमै अलआउट भयो । माल्दिभ्सका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट तथा रुबिना क्षेत्री र पूजा महतोले ३–३ विकेट लिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर