चर्चित अभिनेत्री चाँदनीले किनिन् घर

काठमाडौं ।  अभिनेत्री आलिया भट्टको नक्कल गरेर चर्चित बनेकी चाँदनीले सानै उमेरमा धेरै कुरा हासिल गरिन् । फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि चाँदनी आलिया भट्टको नक्कल गरेर सामाजिक सञ्जाल सेन्सेसन बनिन् ।

यसैबीच अहिले उनले मुम्बईको अंधेरी क्षेत्रमा फ्ल्याट किनेकी छिन् । रिपोर्टमा विश्वास गर्ने हो भने उक्त फ्ल्याटको पहिले मालिक अक्षय कुमार हुन् । हालै चाँदनीले आफ्नो सोसल मिडिया अकाउन्टबाट नयाँ घरमा भएको पुजाका केही तस्विर शेयर गरेकी छिन् ।

अब यदि बलिउड हंगामामा आएको रिपोर्टलाई विश्वास गर्ने हो भने चाँदनीले किनेको नयाँ घर वास्तवमा अक्षय कुमारको हो, जुन उनले बेचेका छन् । यो फ्ल्याट मुम्बईको अंधेरी क्षेत्रमा अवस्थित छ। घरको मूल्य कति हो र कतिमा सम्झौता भएको हो भन्ने ठोस जानकारी भने आएको छैन । चाँदनी अहिले २४ वर्षकी भइन् । उनले कानूनको उपाधि हासिल गरेका छन् । उनी शौकको रूपमा मिमिक्री गर्थिन्, त्यसपछि उनी भिडियो जकी र मिमिक्री कलाकार बनिन् ।

चाँदनी बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन् तर सामाजिक सञ्जालमा कन्टेन्ट सिर्जनाबाट उनले वास्तविक पहिचान पाइन् । यसबाहेक उनी अमेजन मिनी टिभीको कमेडी शो ‘कन्स्टेबल गिर पडे’ मा देखिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर