दुर्गा प्रसाँईले आज ३१ जना तस्कर र भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । नागरिक बचाऊ अभियानले मंगलबार ९फागुन १० वार्षिकोत्सव मनाउँदै छ। काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्न खोजेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ। यसअघि पनि गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न चाहेका थिए तर एमालेको भ्रातृ संगठन युवा संघसँग सम्भावित भिडन्तको अवस्था हेरेर काठमाडौं प्रशासनले बल्खु र तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको थियो । आजको कार्यक्रममा प्रसाँई एन्ड कम्पनीले ३१ जना तस्कर र भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने भनी सनसनी मच्चाएको छ ।

प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको छ। यस्तै निम्तो त पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दिइएको थियो। परन्तु शाह चितवन गएका छन् ।

अभियानका अध्यक्षमण्डलका सदस्य एवं कार्यक्रम विभाग प्रमुख हरि कार्कीका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले कार्यक्रममा उपस्थित हुने आफूहरूलाई बताएको जानकारी दिएका छन् ।

प्रसाईं नेतृत्वको अभियानले कार्यक्रमलाई ‘भव्य’ बनाउन भृकुटीमण्डपमा मञ्च सजावट गरिएको छ। भृकुटीमण्डपको ६ सय वर्गफिटमा यो तयारी भएको अभियान सचिवालयले जनाएको छ। यसका लागि २३ लाख रुपैयाँ बजेट लगाइएको कार्कीको भनाइ छ। मञ्चमा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिनेछ।

३१ जनाको नाम सार्वजनिक गरिने

प्रसाईंले आफ्नो अभियानका क्रममा व्यापारिक समुदायलक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। ‘भ्रष्टाचारी’, ‘तस्कर’ आदि विशेषण दिएर उनले केही व्यक्तिको नाम पनि सार्वजनिक गर्ने योजना बनाएका छन्। कार्यक्रममा थ्रीडीसहितको प्रस्तुतीकरणको तयारी सचिवालयले गरेको छ। त्यसमा १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेताहरू छन्। उनीहरूलाई सार्वजनिकरूपमै ‘तस्कर’ र ‘भ्रष्टाचारी’ घोषणा गरिने सचिवालयले जनाएको छ। कार्यक्रम ११ः३० मा सुरु गरी ५ बजेभित्र सक्ने योजना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर