नेपाली दुई करोडबराबरको नक्कली नोट बरामद

काठमाडौँ ।  सुनसरीको इनरुवाबाट दुई करोडबराबरको नेपाली नक्कली नोट बरामद भएको छ । सुनसरी खोला पुल नजिकबाट भारत बिहारका २२ वर्षीय महम्मद शैयाद साफी १ करोड ८२ लाख एकाउन्न हजार रकमसहित पक्राउ परेका हुन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको   स्करपियो गाडी चेकका क्रममा एक हजार दरका १८ हजार २ सय ५१ थान नक्कली नोट बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको सुनसरी प्रहरीले नक्कली नोटको कारोबारमा गिरोहकै संलग्नता रहेको हुनसक्ने आशंका जताएका छन् । इटहरीबाट समेत प्रहरीले यस अघि ठूलो परिमाणको नक्कली नोट बरामद गरेको र पुनः सोही प्रकृतिसँग मिल्दो घटनाक्रम दोहोरिएकाले कारोबारी समूहमा गिरोहकै संलग्नता हुनसक्ने प्रहरी उपरीक्षक विपिन रेग्मीको भनाई छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक स्करपियो चालक हुन् । प्रहरीसहितको चेकिङ देखेर स्करपियोमा सवार अर्का व्यक्ति भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको जनाएको प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारेको विषय भने अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर