दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन । उनले विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या एक देखि २९ सम्मको संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

राष्ट्रियसभाको अर्को बैठक फागुन ६ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर