धापासीमा साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश डेरामा मृत अवस्थामा फेला परेका थिए ।

काठमाडौंमा प्लम्बिङको काम गर्ने दीपेशलाई उनकै साथीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपी पनि मिस्त्री हुन् । उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर