पाकिस्तानमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने

काठमाडौं ।  पाकिस्तानमा गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अझै आइसकेको छैन । अधिकांश स्थानको नतिजा घोषणा भइसक्दा कुनै पनि दलको स्पष्ट बहुमत नआउने देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कुल २ सय ६५ सिटका लागि भएको निर्वाचनमा एक सय सिट जेलमा रहनु भएका पूर्व प्रधानमन्त्री इमरान खानसँग सम्बद्ध स्वतन्त्र उम्मेदवारले जितेका छन् । दोस्रो स्थानमा अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पिएमएलएन रहेको छ । सरिफको पार्टीले ७३ सिटमा जित हासिल गरेको छ ।

यसैगरी तेस्रो स्थानमा अर्की पूर्वप्रधानमन्त्री बेनजिर भुटोका छोरा बिलाबल अलि भुटो जर्दारीको पार्टी पिपिपी रहेको छ । पिपिपिले ५४ सिट जितेको छ । अझै ९ स्थानको नतिजा आउन बाँकी छ । मत गणनामा भएको ढिलाईको पाकिस्तानमै विरोध भइरहेको छ । निर्वाचनमा पहिलो र दोस्रो स्थानमा जित हासिल गरेका दुबै पूर्वप्रधानमन्त्री इमरान खान र नवाज सरिफलेले आफ्नो जितको घोषणा गरेका छन् ।

पछिल्लो परिस्थितिलाई सम्बोधन गर्दै पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरण नगर्न आग्रह गर्नुभएको छ । निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको पार्टी पिटिआइ सम्वद्ध उम्मेद्वारले सबैभन्दा धेरै स्थानमा जित हासिल गर्दै पहिलो पार्टी बनेको छ । राष्ट्रियसभामा ठूलो दल बनेसँगै पिटिआईले सरकार बनाउने प्रयास गर्ने सो पार्टीका अन्तरिम प्रमुख गोहर अलि खानले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर