माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं ।  सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठक आइतबार ११ बजे सुरु हुने भएको हो । बैठकले आगामी विधान सम्मेलनबारे आवश्यक निर्णयहरू लिनेछ ।

पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गरिने पनि माओवादीले जनाएको छ । बैठकको पहिलो दिन अभियानको समीक्षा हुने र दोस्रो दिन पार्टीको विधानबारे छलफल हुने माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार विधान सम्मेलनका लागि १३ सय प्रतिनिधिको नाम टुंग्याइँदै छ । आगामी फागुन १ देखि ३ सम्म विधान सम्मेलन हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर