क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले बलिङ गरेको नेपालले क्यानडाविरुद्ध जितको लागि २८६ रनको लक्ष्य पाएको थियो ।
नेपालले उक्त लक्ष्य ४५.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । दोस्रो खेलमा जितेसंगै नेपालले एक खेल अगावै क्यानडाविरुद्धको ३ खेलको एक दिवसीय सिरिज जितेको छ ।
प्रतिक्रिया