मर्स्याङ्दीको विद्युत उत्पादन आधा घट्यो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन आधा घटेको छ । सुख्यायामसँगै नदीमा पानीको बहाव कम हुन थालेपछि उत्पादन ३५ मेगावाट घटेको केन्द्रले जनाएको छ ।

यसवर्ष हिउँदमा पानी नपरेकाले सुख्या बढी भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेको र हिमाल पनि हिउँ कम परेकाले नदीमा पानी घटेकाले उत्पादन घटेको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए । ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३४ मेगावाट मात्रै उत्पादन हुने गरेको गौतमले जानकारी दिए । जेठ लागेपछि हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने केन्द्रले जनाएको छ ।

सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर