एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात

काठमाडौं ।  नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो । जितका लागि हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन् ।

उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएकी हुन् । यस्तै सीता रानामगरले अविजित ३६ र ओपनर कविता कुँवरले चार रन बनाइन् । बलिङमा हङकङ इक्रा सहर र चान बेट्टीले एक एक विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन बनाइन् । मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५ र ओपनर नातशा मिलेसले ११ रन बनाएकी थिइन् ।
बलिङमा नेपालका पुजा महतो र रुविना क्षेत्रीले दुई दुई विकेट लिनुभयो । कविता जोशी र सिता रानामगरले एक एक विकेट झार्नुभयो । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर