क्यानडासँग दाेस्राे खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले शनिबार क्यानडासँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ९:१५ बजेबाट सुरु हुनेछ।
यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेलेका थिए। नेपाल आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। आइसिसी विश्वकप लिग २ को तयारीअन्तर्गत नेपालले क्यानडासँग सिरिज खेलिरहेको हो। क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ।
नेपाली टोलीः
रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।
क्यानडा टोली:
साद बिन जाफर ९कप्तान०, आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।