आर्सनलमाथि सिटीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलविरुद्ध सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ४-१ गोल अन्तरले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । जोन स्टोन्स र अर्लिङ हालाण्डले एक एक गोल गरे ।

आर्सनलका रोब होल्डीङले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा स्टोन्सले गोल गर्दा सिटी २-० ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा रोबले गोल गर्दै आर्सनललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

जितसँगै सिटीले ३१ खेलमा ७३ अंक जोडेको छ ।

दोस्रो स्थानको सिटी आर्सनल भन्दा २ अंकले पछि रहेको छ ।

दुई बढी खेलेको आर्सनल ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर